साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नाफा साढे ३१ प्रतिशतले बढ्यो |
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंकले चालू आवको पुस मसान्तसम्ममा १९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गतवर्षको सो अवधिको तुलनामा बैंकको खुद नाफा ३१.४३ प्रतिशतले बढेको छ । गतआवको सो अवधिमा बैंकले १५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले समीक्षा अवधिमा खुद नाफा ४ करोड ७६ लाख रुपैयाँले बढाएको हो । यस अवधिमा बैंकले १६ अर्ब १० करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेर १४ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । त्यस्तै, १ अर्ब ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ५९ करोड ७५ लाख रुपैयाँ ब्याज खर्च गर्दा ४० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गतवर्ष यसै अवधिमा बैंकले ३० करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चुक्तापूँजी १ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५३ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ९.७४ गुणा बढी छ । बैंकको निष्क्रिय कर्जा अनुपात ०.१७ प्रतिशत छ ।



