पियरसनद्वारा काठमाडौंमा दोस्रो ‘पीटीई एकेडेमिक सेन्टर’ को शुरुवात |
काठमाडौं । विश्वकै उत्कृष्ट अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पीटीई एकेडेमिक’ को उद्घाटन गरेको छ । यो नयाँ केन्द्रको स्थापनासँगै पियरसनको पीटीई एकेडेमिको पहुँच वृद्घि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यता प्राप्त गर्ने अंग्रेजी भाषा प्रवीणता परिक्षण बनाउने उद्देश्य पछ्याउनेछ ।
पीटीई एकेडेमिक एक कम्प्यूटरमा आधारित भाषा परिक्षण हो । यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियता प्राप्त गरिरहेको छ । परीक्षण स्कोर वैधता प्रदान गर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट, उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणामहरु, अनियमित परिक्षण ढाँचा र सीसीटीभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षाअनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले भने, ‘अंग्रेजी भाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताका लागि निकै महत्वपूर्ण छ । हामीले अंग्रेजी परिक्षण गर्नेहरुका लागि पीटीई एकेडेमिक उचाईमा पुगिरहेको देखिरहेका छौँ । यो पूर्णरुपमा अनलाइन परिक्षा प्रणाली हो । त्यसैले यो अत्यन्तै सुविधाजनक र सुरक्षित तरिकाले छिटो परिणाम वितरण गर्छ । हामी आश्वस्त छौँ कि हाम्रो काठमाडौंको नँया केन्द्रले विद्यार्थीलाई अंग्रेजी भाषामा दक्ष बनाउनका साथै विदेशमा अवसरहरु सृजना गर्न सहयोग पुर्याउनेछ ।’
ब्रिटिश कलेजका सीईओ राजेन कडेलले भने,‘पीटीई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुका लागि एक विदेशी कम्प्यूटर आधारित अंग्रेजी परिक्षा हो । हामी पीटीई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न पाउँदा निकै गर्व महशुस गरेका छौँ । हाम्रो परिक्षण केन्द्रले काठमाडौंमा पीटीई एकेडेमिक परिक्षालाई अझै बढि पहुँच प्रदान गर्नेछ । जसले परिक्षार्थीलाई सुविधाजनक, निरन्तर र व्यावसायिक परिक्षण वातावरण प्रदान गर्छ ।’
पीटीई एकेडेमिक हावर्ड बिजनेस स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुललगायतका विश्वविद्यालय र कलेजहरुद्वारा स्वीकृती प्राप्त गरिसकेको छ । यसलाई अष्टे«लिया र न्यूजील्याण्ड विश्वविद्यालयहरुले १०० प्रतिशत स्वीकार गरिसकेका छन् भने संयूक्त राज्य अमेरिका, यूके, क्यानाडा, सिंगापुर र जर्मनीमा यसको स्वीकृत संख्या वृद्घि भइरहेको छ । यस परिक्षण अष्ट्रेलिया र न्यूजील्याण्डको भिसा र माइग्रेसनका आवेदन फर्मका लागि पनि प्रयोग गर्न सकिन्छ ।
के हो पीटीई एकेडेमिक ?
पीटीई एकेडेमिक कम्प्यूटर आधारित भाषा परिक्षा हो । जसले अन्तरराष्ट्रिय विद्यार्थीहरु र रोजगारी खोज्नेहरुका लागि छिटो (पाँच व्यावसायिक दिनमा परिणाम), निष्पक्ष (सटीक कम्प्यूटर मार्किङ जसमा पूर्वाग्रहका लागिकुनै सम्भावना छैन), लचिलो (टेष्ट सेसन वर्षमा ३६३ दिन) तरिकाले आफ्नो अंग्रेजी भाषा परीणता साबित गर्ने माध्यम हो ।
यस परिक्षणले अष्ट्रेलिया, आयरल्याण्ड र न्यूजील्याण्डको विश्वविद्यालयमा सत प्रतिशत स्वीकृती पाइसकेको छ । पीटीई एकेडेमिक संयूक्त राज्य अमेरिका, यूके, क्यानाडा, सिंगापुर, हार्वर्ड बिजनेस स्कुल, येल विश्वविद्यालय, इनसिड र लण्डन बिजनेस स्कुल जस्ता प्रसिद्घ कलेज, विश्वविद्यालय, परिक्षण प्रदायक र प्रोफेसनल एशोसिएसनद्वारा मान्यता प्राप्त बगरिसकेको छ ।



