फर्स्ट माइक्रोफाइनान्सको नाफा १८ प्रतिशतले बढ्यो |
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १८ प्रतिशतले नाफा बढाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा लघुवित्तको उक्त परिमाणको नाफा वृद्धि देखिएको हो ।
प्रकाशित रिपोर्टअनुसार लघुवित्तले पुस मसान्तसम्म ५ करोड ६३ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा ४ करोड ७६ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । नाफामा उल्लेख्य सुधार गरे पनि लघुवित्तले प्रतिशेयर आम्दानीमा भने सुधार गर्न सकेन । अघिल्लो वर्ष २० रुपैयाँभन्दा बढी प्रतिशेयर आम्दानी भए पनि पूँजी वृद्धिका कारण यो दर १६.४६ रुपैयाँमा सीमित भएको छ ।
उक्त नाफा र मसान्तको बजार मूल्यअनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात २२.८५ छ भने नेटवर्थ १२२.३६ रुपैयाँ, पूँजी पर्याप्तता अनुपात १५.६३ प्रतिशत, निष्क्रिय कर्जा अनुपात शून्य प्रतिशत कायम छ । लघुवित्तले एक वर्षको अवधिमा कर्जा लगानी ३ अर्ब ७१ लाखबाट बढाएर ४ अर्ब ६८ करोड पुर्याएको छ ।
Visited 1 times, 1 visit(s) today


