वडा तहबाटै सरकारी सेवा अनलाइनमार्फत प्रवाह गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आफ्ना सबै सेवाहरू वडा तहबाट नै अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने भएको छ । यसका लागि सरकारी कार्यालय र विद्युतीय प्रणालीबीच तथ्यांक आदन प्रदान गर्न डेटा एक्स्चेन्ज प्लाटफर्म निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीहरूमा अन्तरआवद्धता कायम गरी सेवा उपलब्ध गराइने बताए ।
‘सरकारी सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधिको नक्साङ्कन, गुणस्तर निर्धारण तथा प्राविधिक परीक्षण कार्य एकीकृत रूपमा गर्ने व्यवस्था मिलाइनेछ’ उनले भने, ‘सरकारी निकायका सूचना प्रणालीहरूको विद्युतीय ब्लु प्रिन्ट निर्माण गरिनेछ ।’