आन्तरिक प्रयोजनका लागि प्रभु बैंकले ल्यायो नयाँ मास्टरकार्ड | सरल र सुरक्षित भुक्तानीको प्रत्याभूति ग्राहकलाई हुने बैंकको दाबी
काठमाडौं । नेपालमा आधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको प्रभु बैंक लिमिटेडले आन्तरिक प्रयोजनका लागि नयाँ मास्टरकार्ड प्रचलनमा ल्याएको छ । मास्टरसँगको साझेदार उक्त बैंकले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा सञ्चालनमा ल्याएको हो । सञ्चालनमा ल्याइएको उक्त सेविट कार्डको प्रयोगले बैंकका ग्राहकहरूलाई सहजता र सुरक्षाको प्रत्याभूति गर्ने बैंकको दाबी छ ।
अन्तरराष्ट्रिय स्तरको भुक्तानी सेवा सञ्चालन (पीएसओ) सेवा प्रदान गर्ने मास्टर कार्डका विश्वका २१० देशहरूमा नेटवर्क छ । उसले आफ्नो सेवामार्फत् व्यक्ति, व्यावसायिक संस्था, वित्तीय संस्थाहरू, सरकार र गैरसरकारी संस्थाहरूलाई जोड्ने काम गरेको छ । बैंकको उक्त नेटवर्कसँग साझेदारी भएसँगै आफ्ना ग्राहकहरूसमेत त्यससँग जोडिने बैंकले जनाएको छ ।

सेवा शुभारम्भको अवसरका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले मास्टरकार्डसँगको यो साझेदारी भविष्यसम्म अझै फराकिलो हुँदै जाने र यसले दुवै कम्पनीलाई द्विपक्षीय लाभ प्राप्त हुने विश्वास व्यक्त गरे । त्यस्तै मास्टरकार्डका दक्षिण एशिया हेर्ने प्रमुख पोरुष सिंहले पनि प्रभु बैंकसँग आफूहरूले फराकिलो साझेदारी चाहेको बताए ।



