उद्यमी सिड क्याम्प २०१८ सकियो | उद्यमीलाई लक्ष्मी बैंकको २५ प्रतिशत ऋण सहयोग
काठमाडौं । नेपाल पर्यटन बोर्डले उद्यमी इनोभेसन्ससँगको सहकार्यमा गरेको उद्यमी सिड क्याम्प २०१८ सम्पन्न भएको छ । बोर्डले सम्भावना बोकेका नयाँ योजनाहरुलाई व्यवसायमा परिवर्तन गर्नसक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ उक्त उक्त कार्यको थालनी करिब ३ महिना अघि देखि शुरु गरेको थियो ।
उत्कृष्ट छनौट भएका १५ जना उद्यमीहरुको योजनालाई व्यवसायमा परिवर्तन गर्ने बोर्डले जानककारी दिएको छ । देशभरिबाट करिब १५० जनाले आवेदन गरेको उक्त क्याम्पको लागि १५ जनाको योजनालाई ब्यवसायमा परिवर्तन गर्न छनौट गरिएको हो ।
छनौट टोलीले उत्कृष्ट २० लाई पोखरामा कार्तिक १३ देखि २० गते सम्म हुने ६ दिने उद्यमी बुट क्याम्पमा सहभागि गराएको थियो । सोही अनुसार आईतबार सहभागिहरुले आफ्नो पिचलाई उद्यमीहरुले डेमोका रुपमा विभिन्न लगानीकर्ता सहितका सरोकारवालाहरु माझ प्रस्तुत गरेको छ ।
सहभागि उत्कृष्ट १५ समुहलाई लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटलले २५ प्रतिशत ऋण समेत सहयोग गर्ने भएको छ । उक्त सहयोगको लागि आफूहरु सँधै तयार रहेको लक्ष्मी बैंकका कार्यकारी निर्देशक अजय शाहले जानकारी दिएका छन् । सहभागि १५ जनाले आफूहरुले उत्पादन गरेको ब्यापारीक योजना समेत प्रस्तुत गरेको थिय ।




