केएल टावरको दशैंतिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैंकक ट्रिप |
काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजया दशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टीभीएसको अपाची आरटीआर मोटर साइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।

केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहारलगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टीभीएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टीभीएसकै विगो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेकी छन् ।

रमाईलो दशैं तिहार योजनाअन्तर्गत कम्पनीले मेला अवधिमा दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमा मलले टीसीएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।
असोज १९ गतेदेखि शुरु भएको रमाईलो दशैं तिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो । राजधानीको चाबहिल स्थित केएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमाहल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।




