मस्कले परिवर्तन गरे ट्विटरको लोगो, निलो चराको स्थानमा अब कुकुर
एलोन मस्कले मंगलबार माइक्रो–ब्लगिङ साइट ट्विटरमा ठूलो परिवर्तन गरेका छन्। उनीले ट्विटरको लोगो परिवर्तन गरेका छन्। उनले नीलो चरा हटाएर कुकुरलाई नयाँ लोगो बनाएका छन्। मस्कले एक प्रयोगकर्तालाई ट्विटमा आफूले गरेको वाचा पूरा गरेको पनि बताएका छन्।
अमेरिकी अर्बपति मस्कले गत अक्टोबरमा ट्विटर किनेका थिए। त्यसपछि मस्क धेरै ठूला निर्णयका कारण चर्चामा रहे। जसमा ब्लु टिकको शुल्क, कर्मचारी कटौती, सीईओ पराग अग्रवाललाई हटाउने कार्य समावेश थियो।
निर्णयबाट आश्चर्यचकित प्रयोगकर्ता, डोज ट्रेन्डिङ
ट्विटरको लोगो परिवर्तन हुने बित्तिकै प्रयोगकर्ताहरू छक्क परेका छन् र यो परिवर्तनको बारेमा एक अर्कालाई प्रश्न गर्न थालेका छन्। एक प्रयोगकर्ताले सबैले लोगोमा कुकुर देखिरहेका छन्? भनेर सोधेका थिए। हेर्दाहेर्दै ट्विटरमा ह्यासट्याग डोज ट्वीट हुन थाल्यो। प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्विटर ह्याक गरेको छ। केही समय पछि, एलन मस्कले एक ट्वीट गरे, जसले ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट गर्यो।
ट्विटरको नयाँ लोगो डोज के हो?
सफ्टवेयर इन्जिनियरहरू बिली मार्कस र ज्याक्सन पाल्मरले २०१३ मा बिटक्वाइन जस्ता अन्य क्रिप्टोकरेन्सीहरूको मजाक गर्न डोजक्वाइन सुरु गरेका थिए। मस्कले धेरै अवसरहरूमा यसलाई आफ्नो मनपर्ने क्रिप्टोकरेन्सीको बताइसकेका छन्। मस्कले फेब्रुअरी २०२२ मा डोजक्वाइनको समर्थनमा धेरै ट्वीटहरू गरेका थिए। त्यतिबेला उनले पहिलो ट्विटमा ‘डोज’ मात्र लेखेका थिए।
दोस्रो ट्वीटमा मस्कले लेखेका थिए – डोजक्वाइन सर्वसाधाणको क्रिप्टो हो। न उच्च, न तल्लो मात्र डोज।’ यसपछि यो क्रिप्टोकरेन्सीको मूल्य ५ सेन्ट पुगेको थियो। मस्कको ट्वीट अघि यो तीन सेन्टमा कारोबार भइरहेको थियो।
डिसेम्बर २०२० मा पनि उनले ‘एक शब्दः डोज’ ट्वीट गरका थिए र यसको मूल्य २० प्रतिशत बढेको थियो। अब ट्विटरको नयाँ लोगोमा मस्कले यो क्रिप्टोकरेन्सीको कुकुरको फोटो प्रयोग गरेका छन्।
(मनि भाष्करबाट)


