सिटी एक्सप्रेस र मलेशियाको भ्यालूबीच रेमिट्यान्स सम्झौता |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेशियाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी भ्यालूबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका हुन् ।
मलेशियन कम्पनी भ्यालूको मलेशिया भरी २ हजार एजेण्टहरू रहेका छन् भने आफ्नै मोबाइल एप र इण्टरनेट बैंकिङको सेवा पनि दिइरहेको छ । उक्त सम्झौतासँगै मलेशियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजारभन्दा बढी एजेण्टहरूमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने बताइएको छ ।
भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरूमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने बताएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वभर आफ्ना रेमिट एजेन्ट्हरूबाट नेपालीहरूलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।




