“द भ्वाइस किड्स- सिजन २”को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’ |
काठमाडौं । "द भ्वाइस किड्स सिजन १" र "द भ्वाइस सिजन ४" सफलतापूर्वक सम्पन्न गरिसकेपछि, खल्तीले "द भ्वाइस किड्स – सिजन २"सँग एक्सक्लुसिभ भोटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ। कार्यक्रमको भोटिङ लाइनहरु खुलेपछि दर्शकहरुले सजिलैसँग आफ्नो मनपर्ने प्रतिभालाई भोट गर्न सक्नेछन्।
कार्यक्रम फागुन २६ गतेबाट हिमालय टिभीबाट औपचारिक रुपमा प्रसारण हुनेछ। अघिल्ला वर्षहरूमा, यस कार्यक्रमले पहिले नै दर्शकहरुको ध्यानाकर्षण गरिसकेको र आगामी सिजनमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ।
यस सिजनमा पनि गायक प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कार्यक्रमका कोचर निर्णायक रहनेछन्। यसैबीच, यो सिजनकालागि नयाँ कोच गायक शुशान्त केसी पनि रहेका छन्।



