एचआइडीसीएलले बढायो नाफा |
काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६७ करोड ५२ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको भन्दा ४८.८५% ले धेरै हो । गत आर्थिक वर्षको यसैअवधिमा यस कम्पनीले ४५ करोड ३६ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । यस कम्पनीको वित्तीय आम्दानी ६९ करोड ४७ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड ९९ लाख रुपैयाँ पुगेको छ । उक्त आम्दानी बढ्दा कम्पनीको नाफा पनि बढ्न पुगेको हो ।
एचआइडीसीएलको चुक्ता पुँजी २१ अर्ब २७ करोड ६२ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार भने २ अर्ब ७१ करोड ३८ लाख रुपैयाँबाट घटेर २ अर्ब ३२ करोड ७९ लाखमा झरेको छ ।
पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैया ३५ पैसा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको इपीएस ४ रुपैयाँ ८५ पैसा थियो । यसको प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ६६ पैसा छ ।


