ट्याक्टरमा आगो लगाएको आरोपमा सांसद अरुणकुमार चौधरी पक्राउ |
काठमाडौं । ट्याक्टरमा आगो लगाएको आरोपमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।
उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो ।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको हो । चौधरी गत मंसिरको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट कैलाली–२ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए ।
चौधरी कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी गरेका थिए ।


