नेपाल इन्सुरेन्सको नाफा १४.३५% |
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल इन्सुरेन्सको खुद नाफा १४.३५% ले बढेर ७ करोड ३ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड १४ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा बिमा कोषको आकार, खुद बिमा शुल्क, पुनरबिमा कमिसनलगायतका सूचक बढेकाले खुद नाफा पनि बढेको हो ।
जीवन बिमा कोषको आकार २१.२६% ले बढेर ७५ करोड ७७ लाख ३७ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ६.१३% ले बढेर २१ करोड ६० लाख ६० हजार रुपैयाँ पुगेको छ ।
पुनरबिमा कमिसन पनि ५ करोड ६१ लाख २५ हजार रुपैयाँ छ । असोज मसान्तसम्म प्रतिसेयर आम्दानी २० रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ८७ पैसा छ ।


