जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजको पछिल्लो उत्पादन रुस्लान अल्ट्रा प्रिमियम भोड्का बजारमा |
काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले हालै ‘रुस्लान अल्ट्रा प्रिमियम भोड्का’ नामको नयाँ प्रिमियम भोड्का बजारमा ल्याएको छ । कम्पनीले ‘फिल एभ्रिथिङ, सी नथिङ’ भन्ने मूल नाराका साथ ‘द वर्ल्ड्स क्लियरेष्ट भोड्का’को रूपमा बजारमा ल्याएको हो ।
यो रुस्लान अल्ट्रा प्रिमियम भोड्का यही महिनादेखि राजधानी तथा देशका विभिन्न शहरका मदिरा स्टोर, रेष्टुरेण्ट, बार, लाउञ्ज तथा क्लबहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सन् २०१९ को प्रथम त्रैमासभित्रमा नेपालका प्रमुख पसलहरूमा उपलब्ध हुनेछ ।
शुद्धताको उच्चतम् मापदण्डयुक्त रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु–डिष्टिलेशन प्रणालीको प्रयोग गरेर यो भोड्का तयार गरिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार आफैंमा अनुपम हुनुका साथै मिक्स्ड ड्रिंकको रूपमा पनि आनन्द लिन सकिने यो निर्मल र स्वच्छ स्वादयुक्त भोड्का तयार गर्दा जावलाखेल ग्रुपका मास्टर डिस्टिलर्स र ब्लेण्डर्सले चुनिएका उच्चस्तरीय अनाज तथा विशुद्ध हिमालयको पानी प्रयोग गरेका छन् ।
यो भोड्काले नेपालमा भोड्कापारखीहरूले विगत ४० वर्षदेखि रुचाउँदै तथा पहिलो छनोट बनाउँदै आएको सर्वप्रिय रुस्लान भोड्काको विरासतलाई अगाडि बढाएको छ ।
जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘हामीले यो नयाँ उत्पादन उच्च आतिथ्य सत्कारको परम्परालाई सम्मान गर्न र सुलभ मूल्यमा प्रिमियम भोड्काको अपेक्षा राख्ने नयाँ पुस्ताको चाहनालाई पूरा गर्न बजारमा ल्याएका हौं । हामी हाम्रा उपभोक्ताहरूप्रति प्रतिबद्ध छौं र उहाँहरूले भनेका कुराहरूलाई अत्यन्त गहनताका साथ मनन गर्दछौं ।’
‘रुस्लान अल्ट्रा प्रिमियम भोड्का ७५० मिलि, ३७५ मिलि र १८० मिलिका बोतलहरूमा क्रमशः १८ सय, ९ सय र ४ सय ५० रुपैयाँ प्रतिबोतलको दरमा उपभोक्ता मूल्य कायम गरिएको छ ।
विभिन्न कम्पनीहरु सञ्चालन गर्दै आएको यो समूहले नेपालमा मदिराजन्य पेय पदार्थहरू उत्पादन तथा विक्री वितरण गर्ने गर्दछ । यसका डिष्टिलरिज, ब्रुअरी र अनुसन्धान एवम् वितरण इकाइहरूले नेपाली बजारका साथै विदेशमा निर्यात गर्नका लागि समेत विभिन्न ब्राण्डका उच्च कोटीका मदिराजन्य पेय पदार्थहरु उत्पादन गर्दछ ।



