असोज २८ पछि गाडी आयात प्रतिबन्ध फुकाउन नाडाको माग |
काठमाडौ । नाडा अटोमोबाइल एसोसियसनले निजी गाडी आयात प्रतिबन्ध नलब्याउन सरकारसँग माग गरेको छ ।
सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको भन्दै गत बेशाखदेखि विभिन्न बस्तु आयतमा रोक लगाउदै आएको छ । हाल असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सिसी भन्दा माथीका दुई पाँग्रे सवारी साधनहरु आयात गर्न प्रतिवन्ध छ ।
नाडाले अबपनि आयात प्रतिबन्ध लम्बिए व्यवसाय ठप्प हुने बताएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै नाडले प्रतिवन्धलाई थप नलब्याउने वातावरण सृजना गर्न सरकारलाई आग्रह गरेको छ ।
विगतमा सरकारले खाशगरी विदेशी मुद्रा संचितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको छ । आयात प्रतिवन्धलाई लब्याउदै सरकारले अगामी असोज २८ गतेसम्म तोकेको छ ।
नाडले हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेको भन्दै राजश्वमा झण्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोवाइल क्षेत्रलाई जिवित राख्न पनि आयात प्रतिबन्ध खुलाउने पर्ने बताएको छ ।
‘खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको उक्त अदुरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको छ’ विज्ञप्तीमा भनिएको छ ‘यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्व योगदान रहेको छ’ ।
कार, जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउन सरकारसँग माग गरेको छ ।


