मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्समा सूर्या लाइफबाट पन्थी सहभागी हुने |
काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा २८-३१ अगस्टमा (एमडीआरटी) मिलियन डलर राउन्ड टेबल ग्लोबल कन्फ्रेन्स-२०२२ आयोजना हुने भएको छ । उक्त कन्फ्रेन्समा सूर्या लाइफ इन्स्योरेन्सबाट रुपन्देहीका चन्द्रकान्त पन्थी सहभागी हुने भएका छन् ।
पन्थी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटी बन्न सफल भएका हुन् । उक्त कन्फ्रेन्समा विश्वका एमडीआरटी मापदण्ड अनुरुप टार्गेट पूरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताको संयुक्त भेला हुनेछ ।
कन्फ्रेन्समा विश्वभरका करिब ७० देशका ५ सयभन्दा बढी कम्पनीका प्रतिनिधि सहभागी हुने छन् ।

