नेसनल माइक्रोफाइनान्सको नाफा २७.१२% ले बढ्यो |
काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा ३१ करोड ५८ लाख रुपैयाँ रहेको खुद नाफा अहिले २७.१२% ले बढेको हो ।
खुद ब्याज आम्दानी २७.६३% र सञ्चालन नाफा २७.५३% ले बढेपछि खुद नाफा पनि बढ्न सहयोग पुगेको हो । यसको रिजर्भ कोषमा पनि ११५.२४% बढेको छ ।
हाल यसको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा २.९४% बाट घटेर २.४५% मा झरेको छ । यसको प्रतिसेयर आम्दानी भने ३३ रुपैयाँ ३४ पैसाले घटेर ६८ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १०१ रुपैयाँ ७८ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा छ ।


