बालेन ११०७३ मतले अगाडि, रणुले बनाइन तीन हजार मतान्तर |
काठमाडौं । ६ ओटा महानगरपालिका मध्ये सर्वाधिक चर्चा पाएका काठमाडौंमा वालेन्द्र शाह र भरतपुर महानगरमा रेणु दहालले मतान्तर बढाएका छन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौं महानगर पालिकाको मेयर पदका उम्मेद्वार वालेन्द्र शाहले २२ हजार ८ सय ४२ मत पाएका छन् ।
जुन नेकपा एमालेका उम्मेद्वार केशब स्थापितको भन्दा ११०७३ मतले बढी हो । स्थापितले हालसम्म ११ हजार ७६९ मत पाएका छन् ।
काठमाडौं महानगर भित्र मतगणना भएका वडा मध्ये हालसम्म लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएका वालेन्द्र शाह अधिकांश वडामा सबैभन्दा बढी मत पाउदै आएका छन् ।
उता केशब स्थापितलाई भने आफ्नै वडामा समेत वालेन साहले पछि पारेका छन् । सत्ता गठबन्धनकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार ९८६ मत पाएकी छिन ।
काठमाडौं जस्तै सबैको ध्यान खिचेको भरतपुर महानगर पालिकामा पनि गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले प्रतिस्पर्धी बिजय सुवेदीलाई ३ हजार १२६ मतले पछि पारेकी छिन ।
जसमा रेण दाहालले हालसम्म १५ हजार ५ सय १३ र बिजय सुवेदीले १२ हजार तीन सय ८७ मत पाएका छन ।
त्यसैगरी, भुइकटर चुनाव चिन्ह लिएर भरतपुर महानगरको प्रमुखमा प्रतिस्पर्धामा रहेका जगन्नाथ पौडेलले ६ हजार ४०३ मत पाएका छन ।
यी दुई महानगर बाहेक अन्य ४ महानगरको मतगणनामा एमाले उम्मेद्वारले अग्रता कायम गर्न सकेका छैनन् ।


