काठमाडौंमा बालेनले ल्याए १५ हजारभन्दा बढी मत |
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा उठेका मेयर पदका उम्मेदवार बालेन साहले १५ हजारभन्दा बढी मत ल्याएका छन् । अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । विहीबार विहानको पछिल्लो मत परिणाम अनुसार साहले १५ हजार ४०२ मत ल्याएका हुन् ।
अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ । त्यस्तै उनलाई पछ्याउदै गरेका नेकपा एमालेका केशव स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाएका छन् । भने गठबन्धनी उम्मेदवार सिर्जना सिंहले ७ हजार २९० मत ल्याएकी छिन ।


