बालेनकाे केशवसँगकाे मतान्तर बढाउँदै ७७७१ पुग्याे | उपमेयरमा सुनिताकाे मत रामेश्वरकाे भन्दा साढे तीन गुणा बढी
काठमाडौं । काठमाण्डौ महानगरपालिकाको मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत ल्याएका छन् भने एमालेका केशव स्थापितले ४११३ मत ल्याएका छन् । नेपाली काँग्रेसकी सिर्जना सिंहले ३५७३ मत ल्याएर तेश्रो स्थानमा रहेकी छिन् ।
त्यसैगरी उपमेयरमा नेकपा एमालेका सुनिता डंगाेलले ६३४६ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वीमा नेकपा एसका रामेश्वर श्रेष्ठले १६९० र राप्रपाका विनिता मजगैयाले १,३१३ मत पाएका छन् ।


