देशभर शान्तिपूर्ण रुपमा मतदान, केही स्थानकाे तनाव साम्य: प्रहरी |
काठमाडौं । नेपाल प्रहरीले देशभर शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको जनाएको छ।
नेपाल प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले विवाद भएर मतदान रोकिएकाे दोलखा, हुम्ला, सर्लाही, रामेछाप लगायतका क्षेत्रमा पनि सुचारु भइसकेको जानकारी दिए ।
उनले कतै पनि हवाई फायर बाहेक गोली नै चलाउनुपर्ने अवस्था नआएको बताए ।


