अपि पावरको शेयरमूल्य समायोजन |
काठमाडौं । चैत १४ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन कम्पनीको ३९.३६३ प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजपश्चात कम्पनीको मूल्य ३६३ रुपैयाँ २७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर प्रतिकित्ता ४६६ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले चैत २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ।


