अनुसन्धान थालेको १४ महिनापछि कोकाकोला विरुद्ध ७ अर्ब ४३ करोडको कर छली मुद्दा |
काठमाडौँ । बहुराष्ट्रिय पेय कम्पनी बोटलर्स नेपाल (कोकाकोला) विरुद्ध राजस्व अनुसन्धान विभागले पूँजीगत लाभ कर छली गरेको भन्दै मुद्दा दायर गरेको छ ।
विभागले कर छलि अनुसन्धान थालेको १४ महिनापछि मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख ८२२ रुपैयाँ बराबरको कर र तथा बिगो दावी मुद्दा दायर गरेको हो ।
राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा शुक्रबार मुद्दा दायर गरेको छ।


