महालक्ष्मी विकास बैंकद्वारा पोखराको लेकसाइडमा शिविर सञ्चालन |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महाशिवरात्रिको अवसरमा पोखराको लेकसाइडमा शिविर सञ्चालन गरेको छ ।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले पोखरा महानगरपालिका–६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर सञ्चालन गरेको हो ।
केदारेश्वर मन्दिरमा आउने भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने उदेश्यका साथ शिविर सञ्चालन गरिएको लेकसाइड शाखाका शाखा प्रबन्धक नवराज भण्डारीले जानकारी दिए । करिब ५ हजार जना ब्रतालु तथा तथा भक्तजनहरुलाई चिया, फलफुल तथा पानी वितरण गरिएको उनले बताए ।


