जीवन विकास लघुवित्तको आव्हान आवास निर्माणमा श्रमदान |
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेसो वार्षिक उत्सव सम्पुर्ण शाखाहरु मार्फत विभिन्न सामाजिक कार्य गरी मनाएको छ । वित्तीय संस्थाले थ्री जीरो क्लव तथा नव विहानी समूहको संयुक्त आयोजनामा विराटनगर १२ बखरी, सम्पन्न वस्तीमा जीवन विकासको आव्हान आवास निर्माणमा श्रमदान नाराका साथ घर निर्माणमा श्रमदान समेत गरेको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय कार्यालयका कर्मचारीहरु, जिल्ला प्रमुखहरु, शाखा प्रमुख तथा शाखाका कर्मचारीहरु, नव विहानी समूहका सदस्यहरु, थ्री जीरो क्लवका सदस्यहरु, वित्तीय संस्थामा आबद्ध सदस्यहरु, स्थानीय संघ संस्था तथा स्थानीय समुदाय गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । हाल २१ वटामा जिल्लामा आफ्ना १४६ वटा शाखाहरु मार्फत ३ लाख २४ हजार परिवारलाई वित्तीय सेवाको साथै सामाजिक तथा डिजिटल सेवा समेत प्रदान गरिरहेको छ ।



