पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न बोर्डको इजरायली तथा रुसी प्रतिनिधिसँग भेटवार्ता |
काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धन तथा अन्य सहकार्यका विषयमा नेपाल पर्यटन बोर्ड तथा इजरायली र रुसी प्रतिनिधीबीच भेटवार्ता भएको छ । भेटका क्रममा दुवैदेश बीच आपसी सहकार्यका बारेमा छलफल भएको थियो ।
नेपाल र इजरायल बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि इजरायली दुतावासका डेपुटी चीफ अफ मिसन ताल स्वार्तमानबीच बुधवार भेटवार्ता भएको थियो भने मंगलवार रुसी प्रतिनिधीहरुसँग भेटवार्ता भएको थियो ।
नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै नेपाल र इजरायबीच लामो सम्बन्ध देखि सम्बन्ध रही आएको उल्लेख गर्दै दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न सकिने कुरामा जोड दिइएको थियो । भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा भेटका अवसरमा छलफल भएको थियो ।
सो अवसरमा बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. रेग्मीले इजरायलबाट लामो समय देखि नेपालका विभिन्न क्षेत्रमा सहयोग प्रदान भईरहेको उल्लेख गर्दै पर्यटनका क्षेत्रमा समेत इजरायलसँग मिलेर काम गर्न सकिने बताउनु भयो । उहाँले कोभिडको संक्रमण क्रमशः घट्दै गएकोले विस्तारै नेपालको पर्यटनले गतिलिने बताउँदै इजरायललााई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे ।
नेपालका लागि इजरायली दुतावासका डेपुटी चीफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताउनु भयो । उहाँले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायको अभ्यास राम्रो रहेकोले त्यस क्षेत्रमा आपसि सहयोग र सहकार्य गर्न सकिने धारणा राखे ।
यस्तै नेपाल पर्यटन बोर्ड र रसियन दुतावासका वाणिज्य प्रतिनिधिहरुबीच नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटवार्तामा दुवै पक्षले आपसी सहकार्यमा दुवै देशबीच पर्यटन प्रवद्र्धन तथा अन्य क्षेत्रमा सहकार्य गर्न सकिने कुरामा जोड दिए ।
भेटका अवसरमा बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले आपसी दुतावासको समन्वयमा नेपालका पर्यटन व्यवसायी र रसियाका पर्यटन व्यवसायीबीच अन्तरक्रिया आयोजना गरेर अघि बढ्न सकिने बताए । भेटमा रुसी दुतावासका प्रमुख वाणिज्य प्रनितिधी अलेक्जेन्डर लेओनीडोवीच रिवासले नेपालको पर्यटन प्रद्र्धनका लागि काम गर्न सकिने बताउनु भयो । यस्तै दुतावासका नेपाल भारत तथा साउथ इस्ट एशियाका विजनेश कन्सल्टेन्ट अनस्तासिया अन्टोनोभ्ना ग्रिन्योभाले नेपालको पर्यटनसँगै अन्य वाणिज्य क्षेत्रमा समेत काम गर्न सकिने बताए ।
यसअघि पनि केही महीना अघि नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए. आन्द्रोसोभाबीच पनि पर्यटन बोर्डमा भेटवार्ता भएको थियो ।


