पुटिन सोभियत संघलाई पुनः जिउँदो बनाउन चाहन्छन् : युक्रेनका रक्षामन्त्री |
युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजनीकोवले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सोभियत संघलाई पुरानो स्वरुपमा ल्याउने कोसिस गरेको आरोप लगाएका छन् ।
किवको सशस्त्र सेनालाई सम्बोधन गरिएको पत्रमा ओलेक्सी रेजनीकोवले पूर्वी युक्रेनमा दुई अलग भएको प्रान्तलाई स्वीकार गर्नुको निर्णयले रुसले सन् १९९१ मा ढलेको सोभियत संघलाई पुनर्जीवित गर्नेतर्फ अर्को एउटा कदम बढाएको बताएका छन् ।
उनले लेखे, ‘रुसले सोभियत संघलाई पुनर्जीवित गर्ने दिशातर्फ एक कदम अघि बढेका छन् । नयाँ वारसा सम्झौता र नयाँ बर्लिन वालसहित युक्रेन र युक्रेनको सीमा मात्रै यो दिशामा अन्तिम अवरोध हो । ’
‘आफ्नो देश, आफ्नो घर र आफन्तको रक्षा गर्ने दिशामा हामीसँग निकै सहज विकल्प छ । हाम्रा लागि केही फेरिएको छैन । हाम्रे अगाडि केही कडा चुनौती छन् ।’
स्मरण रहोस्, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अलगाववादिको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दिएका छन् ।
पुटिनले जुन शासनादेशमा हस्ताक्षर गरेका छन्, त्यस अनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति कायम गर्न काम गर्नेछन् । यद्यपि, सेनाले छिट्टै सेना पार गर्ने आशंका जताइएको छ ।


