गरिमा विकास बैंकका ग्राहकलाई ‘गोल्डस्टार’ जुत्ता किन्दा १५ प्रतिशत छुट |
काठमाडौं । गरिमा विकास बैंकले गोल्डस्टारसँग छुट सम्बन्धि सम्झौता गरेको छ । समयानुकुल ग्राहकहरुका लागि विभिन्न छुट सम्झौता गर्दै आईरहेको बैंकले यसपटक नेपालकै पुरानो जुत्ता निर्माता गोल्डस्टारसँग सम्झौता गरेको हो । सम्झौता अनुरुप बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गरि गरिमा स्मार्टबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यो योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा लागू हुन्छ । तथापी , अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन । हाल, गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।


