बढाइएको ब्याजदर पुनरावलोकन गर्न इन्भेष्टर्स फोरमको आग्रह |
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले बैंकहरुले बढाएको ब्याजदरलाई पुनरावलोकन गर्न आग्रह गरेको छ। संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो।
पूँजी बजारको दिगो विकासले मात्रै देशको अर्थतन्त्र, उद्योग कलकारखाना व्यापार विस्तार हुने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले तरलताको संकट देखाउदै एकतर्फी रुपमा सम्पूर्ण लगानीका क्षेत्रमा असर गर्ने गरी ब्याजदर बढाएको भन्दै उक्त निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको छ।
स्वदेशी पूँजी निर्माणको लागि पूँजीबजार निर्विकल्प आधार भएकोले यसको विकास र विस्तारको लागि सरोकारवालाहरुलाई गम्भिर हुन समेत आग्रह गरेको छ।


