भिजा र वैदमबीच सम्झौता, नेपाली बिरामीहरूका लागि भारतमा चिकित्सा सेवामा सहजता हुने विश्वास |
काठमाडौं । डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी संस्था भिजाले (एनवाईएसईःभी) भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरूका चिकित्सा यात्रीहरूलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म, वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ ।
सौम्या बसु, भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजरले भने, ‘विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु अक्सर जटिल र चुनौतीपूर्ण हुन सक्छ । नेपाली नागरिकहरूलाई भारतमा थप आरामदायी र अस्पतालहरूमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ । हामी यी हेरचाह खोज्नेहरूलाई उनीहरूको चिकित्सा उपचारमा छूट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरूमा भुक्तान गर्न उनीहरूको भिजा कार्डहरू प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा कृतज्ञ छौं ।’
वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशहरूबाट स्वास्थ्य सेवा खोज्ने बिरामीहरूलाई भारतभरका १०० ओटा सम्म अस्पतालहरूमा विभिन्न प्रकारका उपचार र प्रक्रियाहरूका लागि गम्भीर रोगहरू र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरू खोज्न सजिलो बनाउँछ । वैदमले बिरामीहरूलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन् । यो साझेदारीले भिसा कार्डधारकहरूलाई भारतमा वैदम प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरू बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरूमा वैदमले १०% सम्म छूट प्रदान गर्दछ ।
एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्ड मार्फत भुक्तानी गर्न रोज्न सकिन्छ । भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि, नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ । अर्को देशमा चिकित्सा सेवाहरू प्राप्त गर्ने जटिलतालाई कम गर्न, बिरामी वा हेरचाहकर्ताहरूलाई बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ । भिजा र वैदम बीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौं बिरामीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुने छ ।
भिसा एनवाईएसईःभी २०० वटा भन्दा बढी देशहरू र क्षेत्रहरूमा उपभोक्ताहरू, व्यापारीहरू, वित्तीय संस्थाहरू, र सरकारी निकायहरू बीचको लेनदेनको सुविधा प्रदान गर्ने डिजिटल भुक्तानीमा विश्व विश्व अग्रणी हो । हाम्रो लक्ष्य भनेको सबैभन्दा नविन, सुविधाजनक, भरपर्दो र सुरक्षित भुक्तानी नेटवर्क मार्फत विश्वलाई जोड्नु हो, जसले व्यक्ति, व्यवसाय र अर्थतन्त्रलाई फस्टाउन मद्दत गर्दछ ।


