जगदम्बा स्टिलद्वारा नेपालको इतिहासमै पहिलो पटक तेस्रो देश निर्यातको थालनी |
काठमाडौं । देशकै अग्रणी स्टिल उत्पादक कम्पनी जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ।
नेपालमा लाखौँ उपभोक्ताको मन जित्न सफल जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको लोकप्रियता तथा माग विदेशमा समेत चुलिँदै गएको हो।
कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिण पूर्वी, मध्यपूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित तथा अनुमोदित भएको छ।
‘उपभोक्ता सन्तुष्टिका लागि गुणस्तरको प्रतिबद्धता हाम्रो प्रथम प्राथमिकता हो। गुणस्तरको सुनिश्चिततार्थ अत्याधुनिक प्लान्टमार्फत निर्मित हाम्रा उत्पादनका गुणस्तरको लागि नेपाली उपाभोक्ताको साथ सहयोग र मायाका लागि हामी सदैव कृतज्ञ छौँ। यो मायाले अझ विस्तारित रुप लिएको छ।
नेपाली उत्पादन तेस्रो देशमा निर्यात गर्ने पहिलो कम्पनीका रुपमा स्थापित हुन पाउँदा हामी निकै गौरवान्वित छौँ’, तेस्रो देश निर्यात थालनीको सुअवसरमा शंकर गु्रपका अध्यक्ष शंकरलाल अग्रवालले भने, ‘यससँगै गुणस्तरको निरन्तरताका लागि प्रतिबद्धता जनाउँदै भविष्यमा अझ उत्कृष्ट उत्पादनहरु उपभोक्तामाझ पस्कँदै जान थप आत्मबल मिलेको आभाष भइरहेको छ।’
Visited 1 times, 1 visit(s) today


