यस जाडोको मौसममा तपाईंलाई साथदिने रियलमीका स्मार्टफोनहरु |
काठमाडौं । रियलमीले फरक फरक फिचर भएका विभिन्न स्मार्टफोनहरु बजारमा ल्याएको छ।
रियलमीले १२ हजार ९ सय ९९ देखि ५४ हजार १ सय ९९ रुपैंया सम्मका स्मार्टफोनहरु बजारमा ल्याएको हो । जाडो मौसममा साथ दिने रियलमीका स्मार्टफोनहरु कुन कुन हुन् त ?
हेरौं जाडो मौसममा तपाइलाई साथ दिने रियलमीका स्मार्टफोनहरु
नार्जो 50 i
राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नेछन् । १२ हजार ९ सय ९९ रुपैयाँमा २GB RAM र ३२GB स्टोरेज रहेको यस फोन ४GB RAM र ६३GB स्टोरेजमा पनि उपलब्ध छ ।
यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै नार्जो 50i लाई उत्कृष्ट सावित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।
रियलमी 9i
गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन उपयुक्त छ । तपाईंले सुन्नु भएकै होला, “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो”। रियलमी 9i यसैको उदाहरण हो । यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य २६ हजार रुपैंया हाराहारी रहनेछ । रियलमी 9i मा आकर्षक डिस्प्ले, द्रुत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ । realme 9i ले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्री देखि १००% ब्याट्री चार्ज हुन जम्मा १ घण्टा भए पुग्छ ।
रियलमी जिटी नियो २
यो एक विशेष फोन हो । यस लिस्टको अन्तिम फोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो। 120Hz AMOLED डिस्प्ल], 65W को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ ।


