सांग्रिला मोटर्सले विश्वमै सफल ‘न्यु ज्याक टी८’ नेपालमा सार्वजनिक गर्दै |
काठमाडौं । साँग्रिला मोटर्स प्रालिले विश्वमै सफल अल न्यू ज्याक टि८ २.०लिटर पिकअप ट्रक नेपालमा सार्वजनिक गर्ने भएको छ ।
साँग्रिला मोटसले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक शुरुवाती मूल्यमा ‘अल न्यू ज्याक टि८ २.०लिटर पिकअप ट्रकको बुकिङ खुल्ला गरेको हो । साँग्रिला मोटस गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो ।
यस अर्गनाइजेसन ले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो ।

कम्पनीले ग्राहकहरुका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ । यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार गरिएको जनाएको छ ।
यस कम्पनीले सार्वजनिक गरेको अल न्यू ज्याक टि८ २.०लिटर पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ ।
जर्मनीको FEV सँग मिलेर बनाइएको 2.0L Turbo Diesel engine ले १३७ हर्षपावर (HP) र ३२० Nm को टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ । चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको JAC Motors आज विश्वकै लोकप्रिय ब्रान्ड मध्ये एक बनेर उदाएको छ ।

नयाँ अनुभव सहित नयाँ युग :
नेपालमा सार्वजनिक भएको New JAC T8 आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाहरुले भरिपूर्ण छ ।
यो JAC Motors को आठौं पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ । T8 लाइनअपमा 4×4 को डबल–क्याब रहेको छ जुन त्ट डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ ।
T8 4×4 माBorgWarner को ESOF इलेक्ट्रोनिक रुपमा–नियन्त्रित टाइम–सेरिङ फोर–ह्वील–ड्राइभ प्रणाली रहेको छ । यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ ।
यसमा आरामदायी ड्राइभको लागि आकर्षक सुविधाहरु रहेका छन् र यो आफैंमा कुशल र भरपर्दो पनि त्यत्तिकै छ । यसबाहेक, आफ्नो सेग्मेन्टमा JAC T8 उचित मूल्य भएको पिकअप ट्रक हो ।
शक्तिशाली इन्जिन – तपाईंलाई झनै अघि लग्न सक्ने शक्ति :
New T8 डबल क्याब JAC Motors बाट प्रमाणित छ र यसमा रहेको २.० लिटर टर्बो–डिजेल इन्जिन जर्मन कम्पनी FEV संगको सहकार्यमा विकास गरिएको हो ।
भर्खरै इन्जिनियरिङ गरिएको र अधिक रेस्पोन्सिभ कमन–रेल टर्बो–डिजेल इन्जिनमा इन्टरकुलर र इलेक्ट्रिकल भेरिएबल जियोमेट्री टर्बोचार्जर (EVGT) को सुविधा रहेको छ । साथै, यो ६–स्पिड M/T सहित उपलब्ध छ ।
आधुनिक जीवनशैलीको डिजाइन :
इटालियन R&D इन्स्टिच्युटमा डिजाइन र विकास गरिएको JAC मा निट क्रिज, डिजाइन कर्भ र रोमन शिल्डबाट प्रेरित आकर्षक फ्रन्ट फेसिया आफ्नो प्रतिद्वन्दी भन्दा फरक देखिन्छ ।
T8 को अगाडि हेक्सागनल एयर इनटेक ग्रिल, डेटाइम रनिङ लाइटस् भएको स्टाइलिस Xenon हेडल्याम्प र अगाडिको बम्परमा फग ल्याम्प रहेको छ ।
साथै, यसमा बोल्ड ब्ल्याक ह्वील आर्कहरु, 265/60 R18 टायर भएको आकर्षक दुई–टोनको १८ इन्च अलोइ व्ह्ल्सि र साइड स्टेप बोर्डहरु रहेका छन् । यसबाहेक, विशेष ‘Double C’ LED टेल–लाइटले डिजाइनमा सुन्दरता थप्छ र रातको समयमा पनि सजिलै गाडी चिनिन्छ ।
आरामदायी भित्री :
T8 मा मल्टी–फंक्सन स्टेयरिङ व्ह्लि, समायोजन गर्न मिल्ने स्टेयरिङ कोलम, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, रियर पार्क सेन्सर, रिमोट सेन्ट्रल लकिङ सँगै अटो डोर लक र कम्प्युटर/मल्टी—इन्फरमेसन डिस्प्ले जस्ता विलासी आन्तरिक सुविधाहरु छन् ।
यसमा ब्लुटुथ सहितको ७ इन्चको टचस्कृन इन्फोटेनमेन्ट पनि छ । आकर्षक स्टाइल, उचित सामानहरु र उत्कृष्ट बनावटले T8 लाई सधैं पहिलो रोजाइमा पार्ने निश्चित छ ।
सम्झौता रहितको सुरक्षा :
सुरक्षा सधैं JAC Motors को प्राथमिकतामा पर्दछ । यसै अनुरुप यस गाडीमा सक्रिय र निश्क्रिय सुरक्षाका सुविधाहरु रहेका छन् –
डुअल एयरब्याग, ट्रयाक्सन कन्ट्रोल सिस्टम (TCS), भेहिकल डाइनामिक्स कन्ट्रोल (VDC), इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल (ESC) र हिल–स्टार्ट होल्ड कन्ट्रोल (HHC) ।
फ्रन्ट र रियर डिस्क ब्रेक, एन्टि–लक ब्रेकिङ सिस्टम (ABS), इलेक्ट्रोनिक ब्रेक–फोर्स डिस्ट्रिब्युसन (EBD), ब्रेक ओभरराइड सिस्टम (BOS), हाइड्रोलिक ब्रेक असिस्ट (HBA) र टायर प्रेसर मनिटरिङ सिस्टम (TPMS) रहेको छ, यी सबैको काम चालक र यात्रीहरुको सुरक्षा नै हो ।
नेपाली बजारमा सम्भाव्यता :
साधारणतया, पिकअप ट्रकहरु धेरै काम गर्ने गाडीको रुपमा लिइन्छ । नेपालको भौगोलिक विविधता हेर्दा JAC को New T8 ले नेपाली बजारमा प्रदर्शनको हिसाबमा जीवनशैली, सहजता र सुरक्षा सँगै आकर्षक बनावटले उत्कृष्ट मूल्यमा ग्राहकको मन जित्नेछ । अझ मूल्य परे अनुसारको यस गाडीले दिने सुविधाका कारण ग्राहकले साधारण गाडीलाई भुल्नुहुनेछ ।


