आयल निगमले फेरि बढायो इन्धनको मुल्य, पेट्रोल १४२ पुग्यो |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेलमा ३ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्यवृद्धि गरेको छ ।
निगमका अनुसार मंगलबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १४२ रुपैया र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैया र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ११६ रुपैया कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।


