ज्योति विकास बैंकको नाफामा १२.७५% बढोत्तरी |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ज्योति विकास बैंकले ३४ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १२.५७% ले धेरै हो ।
गत वर्ष बैंकले ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा १० करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ४१.७३% र सञ्चालन नाफा १२.३५% ले बढेको छ । ज्योतिको खराब कर्जा बढेर १.४७% भएको छ । गत वर्ष खराब कर्जा ०.६८% मा रहेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३७ पैसा घटेर १६ रुपैयाँ १२ पैसा (बार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा छ ।


