बिहीबार सुन तोलामा १ हजार रुपैयाँले बढ्यो |
काठमाडौं । माघ लागेयता सुनको मूल्य हरेक दिन बढिरहेको छ । माघ ६ गते बिहीबार सुन तोलामा नै एक हजार रुपैयाँले वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
बुधबार पनि सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । माघ ३ गते यता सुनको मूल्य निरन्तर तोलामा १०० रुपैयाँले बढोत्तरी भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार ३१५ रुपैयाँ पुुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा ३० रुपैयाँले नै बढेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


