सिटिजन्स बैंकद्वारा सिमलचौरमा प्रिभिलेज काउन्टर विस्तार |
काठमाडौं । सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।
यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाण्डौं तथा कमलादी काठमाण्डौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश नंं. १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं. २ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशहरुमा समेत यस्ता थप विशेष बैंकिङ्ग सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुका साथै करिव १३ ग्राहकहरू रहेका छन् ।


