एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को जन्मोत्सवका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम सम्पन्न |
काठमाडौं । एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतिलाल दुगड़को ७५ औं जन्मोत्सव विभिन्न रचनात्मक कार्यक्रम गरी मनाइएको छ ।
जन्मोत्सवका अवसरमा देशैभर रहेको शाखाहरुमा आयोजना गरिएको वृहद रक्तदान कार्यक्रमबाट ६६६ युनिट रगत संकलन गरिएको ग्रुपका पिआर प्रमुख विमला थापाले जानकारी दिइन । पौष २३ मा सम्पन्न प्रथम चरणको कार्यक्रममा ६३ जनाको आँखाको निशुल्क शल्यक्रिया, २७३५ वृक्षारोपण, ६४ जना वृद्धाहरुलाई खाना, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको छात्रवृत्ति घोषणा गरिएको छ ।
ग्रुपका विभिन्न डिपार्टमेन्टल हेडहरुको बैठकले जन्म वर्षको नाममा कुनै पनि पार्टी, भोज भतेर, अनावश्यक जमघट, भेला जस्ता अनुत्पादनशिलको आडम्बरी कार्य नगरी रचनात्मक तरिकाले वर्ष भरी नै मनाउने निश्कर्ष निकालेको थियो ।
सोही निर्णय बमोजिम कोरोना समेतलाई मध्ये नजर गरि जन्मोत्सवको पूर्व सन्ध्यामा वृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा छरिएर रहेका आफ्ना शाखाहरुबाट ६६६ यूनिट रगत संकलन गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको हो ।
जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछापमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । पौष १८ गते देखि २३ गतेसम्म सोलुखुम्बु र रामेछापको गोकुलगंगा, रस्नालु, प्रिती उमाकुण्ड, भण्डार हस्पिटल, गुम्देल हेल्थपोष्ट, चौलाखर्क हस्पिटल र एमभी दुगड़ गु्रप—हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ्ग गरि विभिन्न ६ स्थानमा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा जेष्ठ नागरिक बढी लाभान्वित भएका छन् । शिविरमा ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यकृया गरिएको थियो । अध्यक्ष दुगड स्वयम् शिविरमा उपस्थित थिए ।
त्यसै गरि दुगड़का सम्पूर्ण कर्मचारीहरुले देशव्यापीरुपमै वृहत वृक्षरोपण कार्यक्रमको आयोजना गरी औद्योगिक क्षेत्र तथा सार्वजनिक स्थानमा २७३५ वटा विरुवाहरु रोपण गरेका थिए । रोपिएका वृक्षहरुको हेरचाहको जिम्मा पनि दुगड परिवारले नै लिएको छ ।
ग्रुपका उपाध्यक्ष वीवेक दुगड़ले पिताको जन्मोत्सवमा २५ जना विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्तिको घोषण गरेका छन् । ग्रुपले यस्ता कार्यक्रम वर्ष भरी नै सञ्चालन गर्ने जनाएको छ ।

