सुदूरपश्चिममा नबिल बैंकको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता |
काठमाडौं । नबिल बैंकले सुदूरपश्चिम प्रदेशअन्तर्गतका विभिन्न गाउँपालिकामा उद्यमशीलता विकास तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बझाङको बित्थडचिर गाउँपालिका र डडेलधुराको आलिताल गाउँपालिकामा नबिल दिगो बैंकिङअन्तर्गत उक्त कार्यक्रम गरिएकोे बैंकले जनाएको छ । बैंकले बित्थडचिर गाउँपालिका र आलिताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकाश र वित्तीय पहुँचका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
उक्त साझेदारीमार्फत गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमानुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ ।


