सोलुखोला दूधकोसी जलविद्युत आयोजना पाइप बिस्फोट हुँदा दुई इन्जिनियरको मृत्यु, इप्पानद्धारा दुख ब्यक्त |
काठमाडौं । सोलुखोला दूधकोसी जलविद्युत आयोजना पाइप बिस्फोट हुँदा दुई इन्जिनियरको मृत्यु भएको छ। सोलुखुम्बु जिल्लास्थित निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर अछामका २६ वर्षिय इन्जिनियर सुवासराज रेग्मी र काभ्रेका २९ वर्षिय इन्जिनियर अर्जुन थापाको निधन भएको हो।
यस्तै प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन गम्भीर घाइते भएका छन्।
स्वतन्त्र उर्जा उत्पादक संघ ईप्पानले मंगलबार बक्तब्य जारी गर्दै मृतक परिवारप्रति भाबपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै शोकाकुल परिवारमा समबेदना ब्यक्त गरेको छ। साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।
अहिले देशभरका बिभिन्न स्थानहरुमा सयौं जलबिद्युत परियोजनाहरु निर्माण भइरहेका छन् । उर्जा उत्पादनको क्षेत्र अत्यन्तै चुनौतिपूर्ण र जोखिमयुक्त क्षेत्र हो । कार्यक्षेत्रमा यस्ता दुखदायी दुर्घटनाको उच्च जोखिम रहने भएकाले आवश्यक सुरक्षा र सतर्कताका उपयाहरु कडाईका साथ पालना गर्न÷गराउन पनि ईप्पानले ध्यानाकर्षण गराएको छ।


