फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत |
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको सातौं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो ।
महासंघको साधारण सभाले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा युवराज पौडेल, तृतिय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओम बहादुर बस्नेत, कोषाध्यक्षमा बद्री प्रसाद हुमागाँई र सचिवमा राजकुमार दाहालर सहकोषाध्यक्षमा अप्सरा थापा निर्बिरोध चयन भएका हुन् ।
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् । एशोसिएटको सदस्यमा अजय कुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन भने आजिवन सदस्यमा ओम प्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ ।
देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले २ लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।


