बागबजारमा ५० प्रतिशत छुटसहितको जुत्ता मेला |
काठमाडौं । बागबजारमा ६ वटा चर्चित नेपाली ब्रान्डका जुत्ता चप्पलको ‘महाकुम्भ जुत्ता मेला’ शुरु भएको छ । बागबजारको भक्तपुर बसपार्क नजिक छुटसहित गुणस्तरीय जुत्ता चप्पल मेला सुरु भएको हो । यसअघि भृकुटीमण्डपमा जुत्ता÷चप्पल मेला सञ्चालन गर्दै आएका नेपाली ब्राण्डहरुले बागबजारमा मेला सञ्चालन गर्न थालेका हुन् । मेलामा केटीएम, भेनस, सम्राट, एस लेदर, स्मार्ट र हिमानी लेडिज सुज पाइन्छ ।
यी कम्पनीहरुले स्थायी रुपमै स्वरुम राखेर मेला सञ्चालन गरेका हुन् । मेलाका आयोजक तथा केटीएम सूजका प्रमोद महतोले उद्योगमा उत्पादित जुत्ता सिधै मेलामा ल्याएर ग्राहकलाई बिक्री गर्ने बताए । उनले भने, ‘सामान्यतया उद्योगमा उत्पादित जुत्ता÷चप्पल उपभोक्तासम्म पुग्दा चार चरण पार गर्नुपर्छ ।’ तर, यो मेलामा भने सिधै उद्योगबाट उपभोक्ता (बिजनेस टू कन्जुमर ‘बीटूसी’) मोडलमा जुत्ता÷चप्पल किन्न पाइने छ ।
सोहीकारण मेलामा राखिएको जुत्ता÷चप्पलको मूल्य अन्यत्रको भन्दा झण्डै ५० प्रतिशत सस्तो पर्ने आयोजकको भनाई छ ।


