केएफसीको नयाँ शाखा आइप्लेक्स मल बानेश्वरमा |
काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले बानेश्वरमा नयाँ शाखा बिस्तार गरेको छ । आइप्लेक्स मलमा खोलिएको के.एफ.सी. रेस्टुरेन्टमा के.एफ.सी.का बिभिन्न चिकेन परिकारहरु हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्त्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।
केएफसी रेष्टुँरा देवयानी इन्टरनेशनल नेपाल प्रा.लि.ले. सञ्चालनमा ल्याएको हो । केएफसीले कोभिड १९ को रोकथामकालागी विश्वस्तरीय सुरक्षा नीति समेत अवलम्बन गरेको छ जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।
रेष्टुँराका कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन्। हरेक ग्राहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउनेग्राहक र सेवामा रहेका कर्मचारी बिच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ ब्यवस्थित गरिएको छ । केएफसी रेष्टुराँ १७१४ वर्ग फिट क्षेत्रफलमा खोलिएको छ । केएफसी रेष्टुराँमा एक पटकमा ४५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन्। रेस्टुँराले हाल बिहान ११ बजे बाट रातको ११ बजे सम्म डाइन–इन र टेक अवेर होमल हेलिभरी मार्फत सेवा दिइरहेकोछ । भोजडिल, फुड बस्टर र फुडमाण्डूमार्फत होम डेलिभरीको सेवा लिन सकिनेछ ।


