हानको पर्यटन पुनरुत्थान कार्यक्रम कार्यान्वयन गर्न माग |
काठमाडौं । होटल संघ नेपालले शनिबार बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेसँग भेटी दिगो पर्यटनको लागि सुझाव प्रस्तुत ग¥यो । सुझाव प्रस्तुत गर्दै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताए ।
उनले वातावरणीय अध्ययन आफैंमा राम्रो र यसको सराहना हुँदा हुँदै पनि कोभिड–१९ को मध्य समय असार १, २०७६ मा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू भएको बताए । त्यसले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेता पनि व्यापक परामर्श र व्यवहारिकता नहेरी गरिएको हुनाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारी विविध समस्या खडा गरेको उनले बताए । अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न गराउन केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई थाँती राखी इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेको हुँदा यसलाई सहजिकरण गरिदिन आग्रह गर्दै यसलाई संशोधन गरी पहिलेकै व्यवस्था लागू गर्न संघले अनुरोध गरेको हो ।
त्यसैगरी नयाँ आउने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयहरुमा संघको प्रत्यक्ष सहभागिताको माग गर्दै यसबाट दिगो पर्यटनलाई टेवा पुग्ने संघले जनाएको छ । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधनसहित मजबुत बनाइनु पर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारको पूर्ण सहयोगको अपेक्षा राखेको अध्यक्ष राणाले बताए ।
कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए ।
कार्यक्रमको सराहना गर्दै मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नियम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बतए । उक्त अवसरमा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुने हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदा हुँदै पनि कानुनको पालना गर्ने क्रममा कार्यालय दृढ रहेको बताए ।


