१८४ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११०१८ जनामा गरिएको नमूना परीक्षणमा १८४ जनामा संक्रमण पुष्टि भएको हो । सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने २६७ जना अस्पतालबाट निको भएर फर्किएका छन् ।
अहिले देशभर ५५२६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २४०५६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


