‘ब्ल्याक प्लस डेक्कर’को दोस्रो मासिक लक्की ड्रमा प्रसन्ना राजभण्डारी विजयी |
काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै ‘ब्ल्याक प्लस डेक्कर’ ले यस वर्ष दशैं तिहार लक्की स्क्र्याच योजनाका साथै मासिक र बम्परलक्की ड्र अफर योजना ल्याएको छ । लक्की स्क्र्याच योजना अन्तर्गत डेक्कर ब्रान्डका कुनै पनि सामानको खरिदमा उपभोक्ताले एउटा स्क्र्याच कार्ड पाउनेछ ।
यस योजनामा हात खाली नजाने एक लाखसम्मका आकर्षक क्यास प्राईज तुरुन्त प्राप्त गर्न सकिनेछ । मासिक र बम्पर लक्की ड्र योजना अन्तर्गत मासिक उपहारहरूमा डेक्करको ओएल हीटर र ओटीजी ओवन जित्न सकिने छ । यस्तै, बम्पर लक्की ड्रमा एलजीको ९ केजी फ्रन्टलोड वाशिङ मेसिन जित्न सकिने छ ।
सोही योजनाको दोस्रो मासिक लक्की ड्र मङ्सिर ६ गते डेक्कर ब्रान्डको आधिकारिक फेसबूक पेजमार्फत लाइभ घोषणा गरिएको थियो । यस दोस्रो मासिक लक्की ड्रको बिजेता खोटाङका प्रसन्ना राजभण्डारी भएका छन् । भण्डारीले ब्ल्याक प्लस डेकोरको हिटर जितेका छन् ।


