शिवम् सिमेन्टको निर्माणकर्मी प्राविधिक अन्तक्रिया तथा बिमा कार्यक्रम सम्पन्न |
काठमाडौं । शिवम् सिमेन्टले निर्माणकर्मी प्राविधिक एवम् बिमा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरूसँग परामर्शसहित हरेक सहभागी निर्माणकर्मीहरूका लागि पाँच लाख बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जनाइएको छ । पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरूको जोखिम बिमा गराइसकेको कम्पनीले जनाएको छ ।
उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकबाट सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरू, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो ।
शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।


