सावित्री कञ्चनजंगा अगरबत्ती उद्योगद्वारा विद्यार्थीलाई ‘हेप्पिनेस किट’ सहयोग |
काठमाडौं । सावित्री कञ्चनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ ।
फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत २ सय विद्यार्थीलाई ‘हेप्पिनेस किट’ उपलब्ध गराएको उद्योगले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
सहयोग कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकलगायत वडा कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


