इन्जिनियर पक्राउ विरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले रोक्यो काम |
काठमाडौं । इन्जिनियर पक्राउ गरेको विरोधमा नेपाल भ्यालुयर्स एसोसिएसनले मूल्यांकन कार्य रोकेको छ।
एसोसिएसनका वीरगन्ज च्याप्टरका सदस्यसमेत रहेका डाइनामिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन सर्भिसेजले कुमारी बैंकबाट उपलब्ध गराएको कागजातका आधारमा मूल्यांकन गरे पनि केन्द्रीय अनुसन्धान व्यूरोले इन्जिनियरलाई पक्राउ गरेकोमा एसोसिएसनले विरोध गरेको छ ।
एशोसिएसनले बुधबारदेखि बैंक तथा वित्तीय संस्थाहरूमा मूल्यांकन कार्य बन्द गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले डाइनामिक कन्सल्टेन्सीका सञ्चालक राजेशकुमार चौरासियालाई नियन्त्रणमा लिएको छ । उनलाई गत कात्तिक २२ मा अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। अध्यक्ष ऋषि कोइरालाले विज्ञप्ति निकालेर आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन थप आन्दोलन कार्यक्रमसमेत घोषणा गरिने चेतावनी दिएका छन् ।


