सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रेका ठेकेदारलाई दियो तालिम |
काठमाडौं । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक र काभ्रे जिल्लाका ठेकेदारलाई प्राविधिक तालिम दिएको छ । कम्पनीले भवन निर्माणमा संलग्न प्राविधिकलाई सिमेन्टको ग्रेडबारे जानकारी दिँदै तालिम दिएको हो । हाल नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन हुँदै आएको छ । ठेकेदारलाई यी दुई ग्रेडको फरक र उपयोगिताका बारेमा जानकारी समेत जानकारी दिएको सर्वोत्तम सिमेन्टले बताएको छ ।
साथै, घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुने र सिमेन्टको प्रयोग प्राविधिक रुपमा उपयुक्त तरिकाले कसरी गर्ने भन्ने विषय समेत तालिममा समेटिएको थियो ।
कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाले सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । यो सिमेन्ट आइएसओ. ९००१ गुणस्तरबाट समेत प्रमाणित छ ।


